६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वृद्धभत्ता बढाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार राजधानीमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता कार्यक्रमलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका हुन्।

‘लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ प्रधानमन्त्री ओलीले भने, ‘बृद्धभत्ता बढ्दैछ भन्ने सबैलाई थाहा भएकै कुरा हो ।’