१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले आज पदभार ग्रहण गर्दै



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गर्दैछन् । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ज्यातिषिका अनुसार आज बिहान ११ः५४ मा पदभार ग्रहण गर्न लागेका हुन् ।

नवनिर्वाचित अध्यक्ष लिङ्देन सहितका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले हिजो (आईतबार) नै सपथ ग्रहण गरेका थिए । अध्यक्षका प्रत्यासी कमल थापालाई ११९ मतले पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका थिए । 

लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याउनु भएको थियो । यसै गरी ४३१ मत बदर भएको थियो ।