२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २-०ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरे । माने र सलाह दुई मिनेटका अन्तरमा गोल गरेका थिए । जीतसँगै अंक तालिकामा लिभरपुलले नचेस्टरसिटीभन्दास्पष्ट दुई अंकका अग्रता कायम भएको छ ।

लिभरपुलको ३४ खेलबाट ८५ अंक भएको छ । यसैगरी इपिएल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ३-१ गोल अन्तरले पराजित गरेको छ । सिटीका लागि रहीम स्टालिङले दुई तथा एक गोल गाब्रियल जेससले गरेका थिए ।

प्रिमियर लिगमा सिटीमा ८३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अंक तालिकामा शीर्ष स्थानमा ८५ अंकका साथ लिभरपुल रहेको छ । तर सिटीले लिभरपुलभन्दा एक कम खेल खेलेको छ ।