९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो

राष्ट्रपतिको शासनकाल लम्ब्याउन संविधान संशोधन प्रस्ताव

राष्ट्रपतिको शासनकाल लम्ब्याउन संविधान संशोधन प्रस्ताव
अ अ+ अ-

काठमाडौं । इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ ।

राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ ।

संसदले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमतसङ्ग्रह मार्फत अनुमोदन गरिनेछ । तर जनमतसङ्ग्रहको मिति भने घोषणा गरिएको छैन ।

वर्तमान संवैधानिक व्यवस्था अनुसार सन् २०१८ मा निर्वाचित भएका राष्ट्रपति अल–सिसीको कार्यकाल निर्वाचित भएको मितिबाट छ वर्षमा सकिनेछ । संविधान संशोधन भएपछि उहाँ अर्को छ वर्षे कार्यकालका लागि पुनः निर्वाचित हुन सक्नु हुनेछ ।

सभामुख अलि अब्देल आलले संविधान संशोधनको पक्षमा ५३१ तथा विपक्षमा २२ मत परेको जानकारी दिए ।

राष्ट्रपति सिसीले सन् २०१३ मा जननिर्वाचित राष्ट्रपति मोहमद मोर्सीलाई सैनिक बलमा पदच्यूत गरी राष्ट्रपति बन्नु भएको थियो ।

सिसी सन् २०१४ को राष्ट्रपति निर्वाचनमा विजयी हुनुभएको थियो भने सन् २०१८ को मार्चमा सम्पन्न निर्वाचनमा पनि ९७ प्रतिशतभन्दा बढी मत पाएर विजयी भउका थिए । विपक्षी राजनीतिक व्यक्तिहरुमाथि दमन गरेको आरोप राष्ट्रपति सिसीमाथि लाग्ने गरेको छ ।

सांसदहरुले राष्ट्रपति सिसीले जतिसक्दो चाँडो राजनीतिक, आर्थिक तथा सुरक्षाका विषयमा महत्वपूर्ण सुधारका कार्यहरु गर्ने अपेक्षा राखेका छन् ।