
काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको बाल विवाहविरुद्धको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलले बजारमा ल्याएको उक्त गितमा अञ्जु भट्टराईको रचना तथा मनोज सुनुवारको संगीत रहेको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन संगीतकार सुनुवारले नेपालमा विकराल अवस्थामा रहेको बाल विवाहविरुद्ध समाजमा जनचेतना फैलाउने उदेश्यले गीत तयार पारिएको बताए ।
नयन डिसी, सुजना ढकाल, रोनिस पौडेल तथा प्रजिना लामाको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियोलाई अम्रित सुनुवारको निर्देशन गरेका हुन् ।










