• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo

सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको २ महिनापछि मृत्यु



सुगुरको मुटु प्रत्यारोपण गरेका एक अमेरिकीको शल्यक्रिया गरेको २ महिनापछि मृत्यु भएको छ ।

समाचार संस्था एपीका अनुसार प्रत्यारोपण गरिएको मेरिल्यान्ड अस्पतालले ती व्यक्तिको मृत्यु भएको जानकारी दिएको हो ।

मानिसमा सुगुरको मुटु प्रत्यारोपणमा क्रान्तिकारी कार्य भन्दै निकै प्रशंसागरिएको थियो ।

५७ वर्षीय डेभिड बेनेटको यहि मंगलबार मेरिल्यान्ड विश्वविद्यालयको मेडिकल सेन्टरमा निधन भएको विश्वविद्यालयले बुधबार घोषणा गरेको थियो ।

चिकित्सकहरूले मृत्युको कारणबारे केही बताएका छैनन् । उनको स्वास्थ्य पछिल्ला केहि दिनदेखि निरन्तर खस्कदै गएको अस्पतालले जनाएको छ ।

बेनेटका छोराले भने अस्पतालले गरेको अनुसन्धनात्मक खोजका लागि आभार व्यक्त गरेका छन् । आगामी दिनमा अंगको कमीलाई परिपूर्ती गर्न यस अनुसन्धानले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।