२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको २ महिनापछि मृत्यु



अ+ अ-

सुगुरको मुटु प्रत्यारोपण गरेका एक अमेरिकीको शल्यक्रिया गरेको २ महिनापछि मृत्यु भएको छ ।

समाचार संस्था एपीका अनुसार प्रत्यारोपण गरिएको मेरिल्यान्ड अस्पतालले ती व्यक्तिको मृत्यु भएको जानकारी दिएको हो ।

मानिसमा सुगुरको मुटु प्रत्यारोपणमा क्रान्तिकारी कार्य भन्दै निकै प्रशंसागरिएको थियो ।

५७ वर्षीय डेभिड बेनेटको यहि मंगलबार मेरिल्यान्ड विश्वविद्यालयको मेडिकल सेन्टरमा निधन भएको विश्वविद्यालयले बुधबार घोषणा गरेको थियो ।

चिकित्सकहरूले मृत्युको कारणबारे केही बताएका छैनन् । उनको स्वास्थ्य पछिल्ला केहि दिनदेखि निरन्तर खस्कदै गएको अस्पतालले जनाएको छ ।

बेनेटका छोराले भने अस्पतालले गरेको अनुसन्धनात्मक खोजका लागि आभार व्यक्त गरेका छन् । आगामी दिनमा अंगको कमीलाई परिपूर्ती गर्न यस अनुसन्धानले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।