६ श्रावण २०८३, बुधबार
,
Latest
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारले बन्दूक भिरेको फोटो राखेपछि अमेरिकी सांसदको आलोचना



अ+ अ-

एजेन्सी । अमेरिकामा एक स्कूलमा एउटा घातक गोलीकाण्ड भएको तीन दिन नबित्दै एक सांसदले आफ्ना परिवारले सैनिक राइफल भिरेको क्रिसमस फोटो राखेपछि उनको चर्को आलोचना भएको छ।

केन्टकीका रिपब्लिकन सांसद थोमस म्यासीले उक्त फोटो ट्वीट गर्दै लेखेका थिएस् 'क्रिसमसको शुभकामना! सान्ता कृपया गोलीगठ्ठा ल्याउनुस्।'

पीडित परिवारद्वारा निन्दा
गोलीकाण्डका कारण पीडित भएका कैयन् परिवारहरूले उनको उक्त फोटोको निन्दा गरेका छन्। रिपब्लिकन एवं डेमोक्र्याटिक दलका नेताहरूले पनि त्यसको भर्त्सर्ना गरेका छन्।

उनीसँग थप प्रतिक्रियाका निम्ति पनि सम्पर्क गरिएका छन्।

विवाद सुरु भएपछि सांसद म्यासीले आफूलाई समर्थन गरिएका तथा आलोचना गरिएका सन्देशहरू रिट्वीट गरिरहेका छन्।

कतिपयले उनलाई 'असम्वेदनशील' भनेका छन्।

केही दिन अगाडि मिशिगन राज्यमा एउटा स्कूलमा एक १५ वर्षीय विद्यार्थीले आफ्ना बुवाको बन्दूक जथाभावी चलाउँदा चार किशोरकिशोरी मारिएका थिए भने सातजना घाइते भएका विवरण आएका छन्।

ती सन्दिग्ध किशोरका बुवाआमामाथि पनि लापरबाही गरेको आरोप लागेका छन्।

यस्तै शृङ्खलाबद्ध गोलीकाण्डहरूका कारण अमेरिकामा बन्दूक अधिकार तथा सम्बन्धित कानुनबारे चर्को बहस छेडिएको छ।

विगतमा भएका स्कूल गोलीकाण्डहरूमा मारिएका विद्यार्थीका परिवारले पछिल्लो फोटोको चर्को विरोध गरेका छन्।

कंग्रेसम्यान म्यासीले राइफल भिरेका परिवारका सदस्यको फोटो पोस्ट गरेको प्रतिक्रियास्वरूप फ्रेड गुटनबर्गले आफ्नी छोरी जेमी र उनको चिहानको फोटो पोस्ट गरेका छन्। सन् २०१८ मा फ्लोरिडास्थित पार्कल्यान्ड स्कूलमा भएको गोलीकाण्डमा उनकी छोरी मारिएकी थिइन्।

रिपब्लिकन दलका कैयन् नेताहरूले पनि म्यासीको फोटोको निन्दा गरेका छन्।

बन्दूक हिंसा
इलिनोयका कंग्रेसम्यान एडम किन्जिङ्गरले उक्त फोटोमार्फत् उनले 'बन्दूक मोह' देखाएको भन्दै आलोचना गरे।

विगतमा राष्ट्रपति डोनल्ड ट्रम्पका सञ्चार निर्देशक भएर केही समय काम गरेका एन्थोनी स्कारामुचीले आगामी चुनावमा मासीविरुद्ध उठ्ने उम्मेदवारलाई वित्तीय सहयोग गर्ने बताए।

तर कतिपय कन्जरभेटिभ पृष्ठभूमिकाहरूले भने म्यासीको समर्थन गरेका छन्।

कोलोराडोका प्रतिनिधि तथा बन्दूक अधिकार अभियानकर्मी लरेन बोबर्टले 'यो त मलाई मन पर्ने किसिमको क्रिसमस कार्ड हो' भनेकी छन्। अर्का रिपब्लिकन जोज क्यास्टियोले 'मेरो एकमात्र क्रिसमस चाहना‘थोमस मासीजस्ता अझ धेरै निर्वाचित अधिकारी' भनेका छन्।

म्यासी सर्वप्रथम सन् २०१२ मा केन्टकीका कंग्रेस प्रतिनिधिमा निर्वाचित भएका थिए। उनी रिपब्लिकन दलको लिबर्टेरियन खेमासँग आबद्ध छन्।

उनी अमेरिकी संविधानको दोस्रो संशोधनको कट्टर समर्थक हुन् – जसले बन्दूक राख्ने अधिकार दिन्छ।

उनले बन्दूक नियन्त्रणका कदमहरूको विरोध गर्दै तिनले स्कूल हत्याकाण्डहरू नरोक्ने भन्दै आएका छन्।

एप्रिल महिनामा उनले हातेबन्दूक बोक्न पाउने वैध उमेर २१ बाट १८ मा झार्ने विधेयक प्रस्ताव गरेका थिए।

उनको पछिल्लो फोटोबारे बीबीसीले सोधेको प्रश्नबारे उनको कार्यालयले अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

सन् २०२० मा बन्दूक हिंसाका कारण २० हजार अमेरिकीको ज्यान गएको थियो जुन एकै वर्ष त्यसरी ज्यान गुमाइएको गत दुई दशक यताकै सबभन्दा धेरै सङ्ख्या हो। बीबीसी