९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

मालीमा शान्ति सेना चढेको बसमा बिस्फोट, एक सैनिकको मृत्यु, चार जना घाइते

मालीमा शान्ति सेना चढेको बसमा बिस्फोट, एक सैनिकको मृत्यु, चार जना घाइते
अ अ+ अ-

बामा । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अरु चार सैनिक घाइते भएका छन् ।

राष्ट्रसङ्घको माली मिसनद्वारा जारी वक्तव्यमा मारिएका शान्ति सैनिक इजिप्टका रहेको उल्लेख छ । शान्ति सैनिकहरु चढेका सवारी साधनहरु बोनीबाट डुएन्जातर्फ जाँदै थिए ।

राष्ट्रउसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शान्ति सैनिकको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शान्ति सैनिकमाथिको आक्रमणलाई युद्ध अपराधका रुपमा लिइने र यसलाई अन्तर्राष्ट्रिय कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ ।

उत्तरी मालीमा सन् २०१२ मा अतिवादी लडाकू समूहले नियन्त्रण कायम गरेपछि राष्ट्रसङ्घीय सुरक्षा परिषदको निर्णयबमोजिम सन् २०१३ मा शान्ति सैनिक तैनाथ गरिएको छ । सन् २०१५ मा राष्ट्रसङ्घको अगुवाईमा सरकार र विभिन्न सशस्त्र समूहबीच शान्ति सम्झौता भए पनि मालीको मध्य र उत्तरी क्षेत्रमा स्थायित्व ल्याउन सकिएको छैन ।

माली शान्ति मिसनका क्रममा हालसम्म १९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ ।