९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

यसकारण चिनियाँ भाषाको आवश्यकता

यसकारण चिनियाँ भाषाको आवश्यकता
अ अ+ अ-

काठमाडौं । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मित्रराष्ट्र चीनको तीव्रत्तर विकासबाट नेपालले लाभ लिन अब चिनियाँ भाषाको आवश्यकता बढ्दै गएको छ ।

उदाउँदो विश्व शक्तिमान चीनलाई बुझ्न, देशभित्रै जागीर खान, पर्यटन व्यवसाय र व्यापार गर्न वा वैदेशिक कामका सिलसिलामा समेत चिनियाँ भाषाको महत्व बढेर गएको हो । आपसी सहकार्यको विकासमा पनि भाषा सिकाइ महत्वपूर्ण माध्यम हुने विश्वास गरिएको छ । दक्षिण एशियाली मुलुकमा भाषा सिकाउने नीतिअन्तर्गत चीनले स्वयंसेवकको रुपमा समेत शिक्षक पठाएको छ ।

आजदेखि काठमाडौँमा शुरु भएको ‘दोस्रो बेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’मा सहभागी सभामुख कृष्णबहादुर महराले विगतमा दुई देशबीच देखिएको भाषागत समस्याले अप्ठेरो परिस्थिति सिर्जना भएको उल्लेख गर्दै पछिल्लो समयमा नेपाली नागरिकमा देखिएको चिनियाँ भाषा सिक्ने उत्सुकता र चिनियाँ नागरिकले नेपाली भाषा सिक्न गरेको प्रयासले दुई देशबीच देखिएको भाषागत खाडल पुरिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

विश्वलाई एक साथ विकास गरेर लैजानुपर्छ भन्ने भावनासहित शुरु भएकोे ‘बेल्ट एण्ड रोड’ कार्यक्रमले आगामी दिनमा अन्तरदेशीय पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहकार्य गर्न सक्ने सम्भावना बढेको उहाँको भनाइ थियो ।

आर्थिक समृद्धिमा चीन अगाडि बढेसँगै विदेश भ्रमण गर्ने चिनियाँ नागरिकको सङ्ख्या बढ्दो छ । उनीहरुको अङ्ग्रेजी भाषा कमजोर रहेकाले भाषा उल्था गर्ने व्यक्तिको खाँचो छ । आर्थिक विकासमा अगाडि बढेपछि चीनले जाइका, कोइका जस्तै संरचना बनाएर विकासोन्मुख र विकासशील देशलाई आर्थिक सहयोग गर्ने योजना अघि सारेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले चीनमा पढ्न गएका एमबिबिएसका विद्यार्थी चिनियाँ भाषाकै अभावमा सिकाइ प्रभावकारी हुन नसकेको भन्दै यसतर्फ नेपाल मेडिकल काउन्सिलले मन्त्रालयमा ध्यानाकर्षणसमेत गराएको बताउनुभयो । उहाँले काउन्सिललाई उद्धृत गर्दै भाषा कै अभावमा राम्रो उपचार पद्धति नजान्दा उनीहरु चिकित्सक प्रमाणपत्रको परीक्षामा असफल भएको उदाहरण दिनुभयो ।

नेपालबाट गएको वर्ष पढ्नका लागि ५९ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको उल्लेख गर्दै बरालले नेपाली विद्यार्थीको पछिल्लो गन्तव्य चीन बनेको बताउनुभयो । “चीनमा भएको द्रुततर विकासका कारणले पढ्न जानेलाई मात्रै होइन स्वदेशमै बस्नेलाई पनि चिनियाँ भाषा सिक्न जरुरी छ, नेपालमा चिनियाँ कम्पनीले धेरै ठेक्का लिएका छन्, त्यहाँ काम गर्नका लागि पनि भाषा जरुरी छ, अन्तर्राष्ट्रिय बजारमा चिनियाँ उत्पादनको उपस्थिति बलियो हुँदा व्यापारका लागि पनि चिनियाँ भाषा जरुरी भइसक्यो,” बरालले भन्नुभयो ।

उनीहरुबाट फाइदा लिन र अध्ययन अध्यापनका लागि भाषा अत्यावश्यक भइसकेको छ । सामाजिक, सांस्कृतिक, धार्मिक एवं व्यापारिक हिसाबले नेपाल र चीनले वर्षौंदेखि नजिकबाट सहकार्य गर्दै आएको भाषा प्रभावकारी हुने हो भने सहकार्य थप प्रगाढ हुने देखिन्छ ।

काठमाडौँ विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका प्राध्यापक वाङ्ग शेङ्ग्लीले भाषाले नै आपसी सम्बन्ध विस्तार गर्ने भएकाले दुई देशबीच भाषा शिक्षाको सहकार्य जरुरी रहेको औँल्याउनुभयो । उहाँका अनुसार अहिलेसम्म ५०० बढी विद्यार्थीलाई छात्रवृत्तिमा चीन पठाइसकिएको छ ।

उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल, ‘हिसान’का अध्यक्ष रमेश सिलवालले दोस्रो ठूलो आर्थिक केन्द्र चीनको शिक्षा प्रणाली राम्रो रहेको उल्लेख गर्दै भाषा सिकेर जाँदा सिकाइ प्रभावकारी हुने बताउनुभयो । जसरी नेपाली विद्यार्थी चीन जान्छन् त्यसैगरी चिनियाँ पनि नेपालमा आएर शिक्षा लिनसक्ने भएकाले सहकार्य गर्न आफूहरु तयार रहेको सिलवालले बताउनुभयो । चीनको योगदान नेपालमा ठूलो रहेकाले अझै उनीहरुसँगको भावनात्मक सम्बन्ध बढाउन भाषा उपयुक्त माध्यम भएको उहाँको भनाइ छ ।

चिनियाँ नागरिक पनि नेपालमा आयुर्वेद, हिन्दू तथा बौद्ध दर्शन, योग विज्ञानजस्ता विषयको अध्ययन गर्न इच्छुक छन् । चीनबाट नेपालले धेरै कुरा सिक्न र सहयोग लिन सक्ने भएकाले भाषा सिक्नु अत्यावश्यक भएको भन्दै चिनियाँ भाषा शिक्षक सङ्घ नेपालका अध्यक्ष कुमार खड्काले पछिल्लो समयमा भाषा सिक्नेको आकर्षण बढेको बताउनुभयो ।

चिनियाँ पर्यटकसमेत नेपालमा आउने क्रम बढेकाले भाषाका पोख्त पथप्रदर्शकको समेत नेपालमा अभाव छ । उनीहरुले आकर्षक सेवा सुविधासमेत पाउँदै आएका छन् । चिनियाँ भाषाको आवश्यकतालाई मध्यनजर गर्दै पछिल्लो समयमा विभिन्न स्कूल, विश्वविद्यालय, इन्स्टिच्युटले चिनियाँ भाषा पढाउँदै आएका छन् ।