६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चका नवनियुक्त ५ न्यायाधीश र प्रमुख निर्वाचन आयुक्तले सपथ लिए



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराएका हुन् । यी पाँच जनाले सपथ लिएसँगै सर्वोच्च अदालतमा न्यायाधीश संख्या २१ पुगेको छ ।

ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन ।

त्यस्तै आइतबार नै प्रधानन्यायाधीश जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सपथ गराएका छन् भने राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले सदस्य विष्णुमाया ओझालाई सपथ गराएका छन् ।

थपलियाला नेपाल सरकारको सचिव थिए । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।