२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल : धोनीकाे टिम १ रनले पराजित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर किंग्सलाई १ रनले हराएको छ ।

बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको रोमाञ्चक खेलमा बैंगलोरले दिएको एक ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए । अम्बाती रायडुले २९, रविन्द्र जडेजाले ११ रन बनाए । बलिङमा बैंगलोरका डेल स्टेन र उमेश यादवले दुई(दुई विकेट लिए । सन्दीप सैनी र युजवेन्द्र चाहलले एक(एक विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए ।

बलिङमा चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले दुई(दुई विकेट लिए । इमरान ताहिरले एक विकेट लिएका थिए । हारे पनि चेन्नई शीर्ष स्थानमा यथावत छ । चेन्नईले १० खेलबाट १४ अंक बनाएको छ । लिगको पुछारमा रहेको बैंगलोरले १० खेलबाट ६ अंक बनाएको छ ।