१३ असार २०८३, शनिबार
,
Latest
दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका बम विस्फोट अपडेटः मर्नेको संख्या २९० पुग्यो, २४ आरोपित पक्राउ



अ+ अ-

काठमाडौं । श्रीलंकामा आइतबार ८ ठाँउमा भएको श्रृंखलावद्ध बिस्फोटमा परी मर्नेहरूको संख्या २९० पुगेको छ।

श्रीलंका प्रहरीका प्रवक्ताले सोमबार बिहानसम्म मृतकको संख्या २९० पुगेको र पाँच जना घाइतेको उपचार भइरहेको जनाएका छन्। मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको जनाएको छ।

श्रीलंकाका रक्षा मन्त्री रूवान विजेवर्दनेले पक्राउ परेकाहरू धार्मिक अतिवादीहरू भएको बताएका छन्।

श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर ९चर्च०मा आइतबार शृङ्खलाबद्ध बिस्फोट भएको थियो ।

राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।
विस्फोटको घटनापछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्दार कार्य जारी छ । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाबारे सुरक्षा एजेन्सीले जाँच गरिरहेको बताएका छन् ।