१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

बेन्जेमाको ह्याट्रिकसहित पिएसजीलाई पाखा लगाउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बेन्जेमाको ह्याट्रिकसहित पिएसजीलाई पाखा लगाउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
अ अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजीलाई) ३-१ गोलले र समग्रमा ३-२ ले हराउँदै रियलले अन्तिम ८ मा स्थान बनाएको हो । 

रियललाई जित दिलाउन करिम बेन्जेमाले ह्याट्रिक गरे । पिएसजीका लागि एम्बाप्पेले एक गोल फर्काए । 

बेन्जेमाले ६१, ७६ र ७८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । 

रियलको मैदानमा भएको खेलमा २१ औं मिनेटमा पिएसजीका नेयमारले प्रहार गरेको बललाई रियलका गोलकिपर कोर्तुआले बचाउ गरे । 

यस्तै, २४ औं मिनेटमा बेन्जेमाले प्रहार गरेको बल केही बाहिर गयो । खेलको ३० औं मिनेटमा नेयमार र लियोनल मेसीको कम्बिनेसन सदुपयोग हुन सकेन । नेयमारले मेसीलाई बलउपलब्ध गराएपनि मेसीले स्कोर गर्न सकेनन् ।

यस्तै, ३२ औं मिनेटमा पिएसजीका किलियन एम्बाप्पेले गरेको गोल मान्यता भएन, उनी अफसाइड रहन पुगे । 

३६ औं मिनेटमा रियलका बेन्जेमाले हेडमार्फत हानेको बल पोस्टको थोरै माथिबाट बाहिरिन पुग्यो । ३८ औं मिनेटमा नेयमारले दिएको पासलाई एम्बाप्पेले गोलमा परिणत गरे । 

यसैगरी खेलको ५३ औं मिनेटमा फेरि नेयमार र एम्बाप्पेको कम्बिनेसनमा गोल भएपनि उक्त गोलले मान्यता पाएन । नेयमारले एम्बाप्पेलाई पास उपलब्ध गराएका थिए । त्यसलाई एम्बाप्पेले गोल गरे तर, उनी अफसाइड रहन पुगे । 

६१ औं मिनेटमा पिएसजीका गोलकिपर डोनारुम्माले ठूलो गल्ती गर्दा त्यसको अवसर रियलका बेन्जेमाले उठाए । डोनारुम्माले गरेको मिस पासलाई रियलका भिनिसियस जुनियरले बेन्जेमालाई पास उपलब्ध गराउँदा बेन्जेमाले त्यस बललाई गोलमा परिणत गरे । 

७६ औं मिनेटमा लुका मड्रिचले दिएको पासलाई बेन्जेमाले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । यस्तै, ७८ औं मिनेटमा पिएसजीका मार्किन्होसले हानेको बल बेन्जेमाले सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे ।