२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा सय करोडको आँकडा नछोएको ‘अन्धाधुन’ले चीनमा ३ सय करोडको आँकडा पार गर्यो



अ+ अ-

भारतमा निकै नै प्रशंसा पाएको चलचित्र ‘अन्धाधुन’ले चीनको बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । आयुष्मान खुराना अभिनित यो चलचित्रले चीनको बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको छ ।

भारतमा सय करोडको आँकडा पनि नछोएको यो चलचित्रले नायक सलमान खानको चलचित्र ‘बजरंगी भाइजान’को व्यापारलाई समेत उछिनेको छ । तेश्रो हप्ताको आइतबारसम्म चलचित्रले ४३.४५ मिलियन डलर अर्थात ३ सय ३ करोड भारतीय रुपैयाँ कमाएको छ ।

चीनको बक्स अफिसमा हालसम्म सर्वाधिक कमाउने चलचित्रमा ‘दंगल’ पर्छ । यस्तै, दोश्रो नम्बरमा ‘सेक्रेट सुपरस्टार’, तेश्रो नम्बरमा ‘अन्धाधुन’, चौथो नम्बरमा ‘बजरंगी भाइजान’ र पाँचौ नम्बरमा ‘हिन्दी मिडियम’ छन् ।