१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनिर्वाचित अध्यक्ष लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक



अ+ अ-

काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले  केन्द्रीय समिति बैठक डाकेका छन् । 

उनले बुधबारका लागि बैठक बोलाएका हुन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय चरित्रको संस्थाका रुपमा संवैधानिक राजसंस्था कायम गर्न भूमिका निर्वाह गर्ने पार्टीको नीति रहेकाले त्यसतर्फउन्मुख रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । 

यस्तै उनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए ।