६ पुष २०८२, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लियो, सन्दीपलाई बेन्चमा आराम



अ+ अ-

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार राति ।जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थानले दिएको एक सय ९२ रनको लक्ष्य दिल्लीले १९.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीको जितमा ऋसव पन्त र शिखर धवनले अर्धशतकीय इनिङ खेले । ऋसवले अविजित ७८ रन बनाए । शिखरले ५४ र पृथ्वी शले ४२ रन बनाए । बलिङमा राजस्थानका श्रेयस गोपालले दुई तथा धवन कुलकर्णी र रियान परागले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिका रहानेले १०५ रनको सानदार शतकीय इनिङ खेलेपनि टोली हारबाट जोगिएन । ६३ बलमा अविजित उक्त रन जोडेका रहानेले ११ चौका र ३ छक्का हानेका थिए । कप्तान स्टिभ स्मिथले ५० र स्टुवार्ड विनीले १९ रन बनाए । बलिङमा दल्लीका कागीसो राबडाले दुई विकेट लिए । इशान शर्मा, क्रिस मोरिस र अक्षर पटेलले एक एक विकेट झारेका थिए ।

यस जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ११ खेलबाट १४ अंक बनाएको छ । खेल खेल कम खेलेको चेन्नई समान १४ अंक सहित दोस्रो स्थानमा छ । दिल्लीसँग हारेको राजस्थानको ६ अंक छ ।