
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज लिग लिडर बार्सिलोनाले अलाभेससँग खेल्दै छ ।
मेन्डीजोररा रंगशालामा नेपाली समयअनुसार राति १ः१५ बजेबाट सुरु हुने खेलमा आज बार्सिलोनाले जितेको खण्डमा उपाधि नजिक पुग्नेछ । हाल लिगमा ३३ खेलपछि ७७ अंक बनाएर शीर्ष स्थानमा छ । समान खेल खेलेको एथ्लेटिको मड्रिड दोस्रो स्थान ६८ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
बार्सिलोनालाई अब लिग जित्न मात्रै ६ अंक आवश्यक छ । अबका दुई खेल जिते उसले अन्तिम ३ खेल बाँकी छँदै लिग पोल्टामा पार्नेछ । यदि बराबरीमा रोकिए वा पराजित भएको खण्डमा पनि उसले उपाधिका लागि थप खेल जित्नुपर्ने हुन्छ ।
हाल लिगमा बार्सिलोना ७७ अंकसहित शीर्ष स्थानमा रहँदा एथ्लेटिको ६८ अंक बनाएर दोस्रो तथा रियल मड्रिड ६४ अंकसहित तेस्रो स्थानमा छ ।









