१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : बार्सिलोना उपाधिबाट एक जित पर, चल्दै स्वारेजको जादू



अ+ अ-

काठमाडौं । ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा डिर्पोटिभो एलाभेसलाई २–० ले पराजित गरेसँगै बार्सिलोना लिग उपाधिको निकट पुगेको छ।

हिजो भएको खेलमा बार्सिलोनाले दुबै गोल दोश्रो हाफमा गरेको थियो। दोश्रो हाफको ५४ औं मिनेटमा कार्लेस एलेनाले गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो। उसका लागि दोश्रो गोल लुइस स्वारेजले खेलको ६० औं मिनेटमा पनाल्टीमार्फत गरेका थिए।

जितपछि बार्सिलोनाको ३४ खेलबाट ८० अंक जोडेको छ । अब एक खेल जितेमा यस सिजनको उपाधिमा बार्सिलोनाको पोल्टामा जानेछ।

आइतबार उसले लेभान्टेको सामना गर्नेछ। बार्सिलोनाले अब ३ खेल बाँकी रहेको छ। यस्तै बुधबार राति हुने खेलमा एथ्लेटिको मड्रिड भ्यालेन्सियासँग पराजित भएमा पनि बार्सिलोना लिग विजेता बन्ने छ ।

ला लिगामा ३३ खेलबाट ६८ अंक जोड्दै एथ्लेटिको मड्रिडको दोश्रो स्थानमा रहेको छ।