६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको हल्लापछि के भन्छ स्वास्थ्य मन्त्रालय ?



अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक संजालभर फैलिएको छ । 

सरकारले नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएसँगै यसको नियन्त्रण तथा रोकथामको लागि चुस्तरुपमा तयारी गरिरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीकुमार अधिकारीले तत्काल लकडाउन गर्ने वा नगर्नेबारे कुनै निर्णय नभएको बताएका छन् ।

सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? भन्ने प्रश्नमा उनले अहिलेको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको प्रस्ट पारेका हुन् । 

सरकारले ओमिक्रोन संक्रमण पुष्टि भएका चीनको हङकङको राज्य र दक्षिण अफ्रिकासहितका ९ मुलुकबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । भारतबाट आउनेलाई अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि छ ।

नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको अधिकारी बताउँछन् ।