२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी अग्रता खोस्दै वाट्फोर्ड



अ+ अ-

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग वाट्फोर्डले १-१ गोलको बराबरी गरेको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डले अन्तिम समयमा गोल गर्दै बराबरी गरेको हो।

हिजो भएको खेलमा साउथह्याम्पटनका लागि शेन लङ्गले ७.६९ सेकेण्डमा गोल गर्दै अग्रता दिलाएका थिए । यो प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गरिएको गोल हो। यस गोलले उनलाई प्रिमियर लिगमा सर्वाधिक छिट्टो गोल गर्ने खेलाडीसमेत बनाएको छ ।

३२ वर्षिय शेनले टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गले १९ वर्ष अगाडी सन् २००० डिसेम्बरमा ब्राडफोर्डविरुद्धको खेलमा ९।८२ सेकेण्डमा गरेको गोलको कीर्तिमान भंग गरेका हुन्।

हिजोको वाट्फोर्डका लागि ९० औँ मिनेटमा आन्द्रे ग्रेले बराबरी गोल फर्काएका थिए।

लिगमा साउथह्याम्प्टनले ३५ खेलबाट ३७ अंक जोडेको छ भने वाट्फोर्डको समान खेलबाट ५० अंक छ।