६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी अग्रता खोस्दै वाट्फोर्ड



अ+ अ-

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग वाट्फोर्डले १-१ गोलको बराबरी गरेको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डले अन्तिम समयमा गोल गर्दै बराबरी गरेको हो।

हिजो भएको खेलमा साउथह्याम्पटनका लागि शेन लङ्गले ७.६९ सेकेण्डमा गोल गर्दै अग्रता दिलाएका थिए । यो प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गरिएको गोल हो। यस गोलले उनलाई प्रिमियर लिगमा सर्वाधिक छिट्टो गोल गर्ने खेलाडीसमेत बनाएको छ ।

३२ वर्षिय शेनले टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गले १९ वर्ष अगाडी सन् २००० डिसेम्बरमा ब्राडफोर्डविरुद्धको खेलमा ९।८२ सेकेण्डमा गरेको गोलको कीर्तिमान भंग गरेका हुन्।

हिजोको वाट्फोर्डका लागि ९० औँ मिनेटमा आन्द्रे ग्रेले बराबरी गोल फर्काएका थिए।

लिगमा साउथह्याम्प्टनले ३५ खेलबाट ३७ अंक जोडेको छ भने वाट्फोर्डको समान खेलबाट ५० अंक छ।