१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित तीन राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन भयो



अ+ अ-

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन भएको छ ।

आज (सोमबार) संसदीय सुनुवाइ समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।

संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था रहेको छ ।