
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवन उपयोगी शिक्षामा विशेष जोड दिनुपर्ने बताएका छन् । अब बेरोजगारी पैदा गर्ने शिक्षालाई बिस्थापित गरेर रोजगारी दिने खालको शिक्षा ल्याउनुपर्ने बताए ।
बुधबार ललितपुरको श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘आउने दिनमा शिक्षाको क्षेत्रमा बेरोजगार पैदान गर्ने होइन रोजगार पैदा गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ ।’
व्यवहारिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई बढाउँदै र सैद्धान्तिक शिक्षाको अनुपातलाई कम गर्दै लैजाने नीति लिएको सुनाउदै शिक्षामा आमुल सुधार गर्ने उद्देश्यले संसदबाट नयाँ विद्येयक प्रस्तुत भएको बताए ।









