९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

तालिबानका जिल्ला प्रमुखसहित १७ जना मारिए

तालिबानका जिल्ला प्रमुखसहित १७ जना मारिए
अ अ+ अ-

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् ।

सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

सरकारी सुरक्षा अधिकारीहरुले जारी गरिएको विज्ञप्तिमा दासत–ए–काला जिल्लामा तालिबान लडाकूविरुद्ध जारी यस भीषण कारबाहीमा परी तालिबान लडाकूका जिल्ला कमाण्डर रजाकसहित १७ सशस्त्र तालिवान लडाकू मारिएको उल्लेख छ ।

यस कारबाहीको क्रम तालिबान लडाकू समूहले कब्जा गरी राखेका कैयौं गाउँहरु पुनः नियन्त्रणमा लिएको बताइएको छ । सो इलाकामा लडाकू विमानद्वारा कारबाही जारी राखिएको छ ।

गत हप्ता दासत जिल्लामा रहेको सुरक्षा शिविरलाई नियन्त्रणमा लिएका तालिबान लडाकू समूहले यस विषयमा केही पनि टिप्पणी गरेका छैनन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघले सन् २०१९ को शुरुका तीन महिनाको अवधिमा अफगानिस्तानमा पहिलो पटक तालिबान लडाकू र अन्य आतङ्ककारी समूहको आक्रमणमा भन्दा बढी अमेरिकाआबद्ध र सरकारी सेनाको कारबाहीमा परी सर्वसाधारणको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसंघद्वारा बुधबार जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय र सरकारी सुरक्षाफौजबाट ज्यान गुमाउनेको अफगानीको संख्या ३०५ पुगेको छ ।

विदेशी र सरकारीफौजबाट सर्वसाधारणको ज्यान जानुको प्रमुख कारण हवाई आक्रमण भएको पनि प्रतिवेदनमा खुलाशा गरिएको छ ।

यस्तै, सोही अवधिमा तालिबान लडाकू र अन्य आतङ्ककारीहरुको आक्रमणका परी २२७ जना सर्वसाधारणको ज्यान गएको छ ।