६ पुष २०८२, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानका जिल्ला प्रमुखसहित १७ जना मारिए



अ+ अ-

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् ।

सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।

सरकारी सुरक्षा अधिकारीहरुले जारी गरिएको विज्ञप्तिमा दासत–ए–काला जिल्लामा तालिबान लडाकूविरुद्ध जारी यस भीषण कारबाहीमा परी तालिबान लडाकूका जिल्ला कमाण्डर रजाकसहित १७ सशस्त्र तालिवान लडाकू मारिएको उल्लेख छ ।

यस कारबाहीको क्रम तालिबान लडाकू समूहले कब्जा गरी राखेका कैयौं गाउँहरु पुनः नियन्त्रणमा लिएको बताइएको छ । सो इलाकामा लडाकू विमानद्वारा कारबाही जारी राखिएको छ ।

गत हप्ता दासत जिल्लामा रहेको सुरक्षा शिविरलाई नियन्त्रणमा लिएका तालिबान लडाकू समूहले यस विषयमा केही पनि टिप्पणी गरेका छैनन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघले सन् २०१९ को शुरुका तीन महिनाको अवधिमा अफगानिस्तानमा पहिलो पटक तालिबान लडाकू र अन्य आतङ्ककारी समूहको आक्रमणमा भन्दा बढी अमेरिकाआबद्ध र सरकारी सेनाको कारबाहीमा परी सर्वसाधारणको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसंघद्वारा बुधबार जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय र सरकारी सुरक्षाफौजबाट ज्यान गुमाउनेको अफगानीको संख्या ३०५ पुगेको छ ।

विदेशी र सरकारीफौजबाट सर्वसाधारणको ज्यान जानुको प्रमुख कारण हवाई आक्रमण भएको पनि प्रतिवेदनमा खुलाशा गरिएको छ ।

यस्तै, सोही अवधिमा तालिबान लडाकू र अन्य आतङ्ककारीहरुको आक्रमणका परी २२७ जना सर्वसाधारणको ज्यान गएको छ ।