
काठमाडौं । नेपाल आयल निगमले अन्तराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको जनाइएको छ।
मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ। यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो।
घटाइएको दर बुधबारदेखि लागू हुनेछ।










