१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिलियर्सको शानदार प्रर्दशनमा बेंग्लोर विजयी



अ+ अ-

काठमाडौं। बुधवार राति भएको इन्डियन प्रिमियर लिग आईपिएल खेलमा रोयल चैलेन्जर्स बैंगलोरले पंजाबलाई १७ रनले पराजित गरेको छ ।

बैंग्लोरको जितका लागि एबी डिभिलियर्सले ८२ रनको योगदान दिए भने अर्को इनिंगमा तीन क्याच गरे । पन्जाबलाई जितका लागि २०३ रनको लक्ष्यलाई निर्धातिर २० ओभरमा १८५ रन मात्रै बनाउन सक्यो ।

पन्जाबका ओपनर क्रिस गेलले २३, केएल राहुलले ४२, निकोलस पूरनले ४६ र डेविड मिलरले २४ रन बनाए । बेंगलोरका उमेश यादवले ३६ रन दिएर तीन र नवदीप सैनीले ३३ रन दिएर दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिंग गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०२ रन बनायो । बेंग्लोरका ओपनर पार्थिव पटेलले ४३ एबी डिभिलियर्सले अविजित ८२ र र्माकस स्टोइनिसले पनि अविजित ४६ रन बनाए ।

एबी डिभिलियर्सले ८२ रन मात्र ४४ बलमा ३ चौंका र ७ छक्का प्रहार गर्दै बनाएका थिए । स्टोइनिसल ३४ बलमा २ चौंका र ३ छक्का प्रहार गर्दै २६ रन बनाए । पन्जाबका मोहम्मद शमीले ५३ रन दिएर एक विकेट लिए भने हर्डस विलजोइनले पनि ५१ रन दिएर एक विकेट लिए ।

यो जितसँगै बेंग्लोर अन्तिमको दोस्रो स्थान अर्थात ७ औँ स्थानमा पुगेको छ । बेंग्लोरको ११ खेलमा ४ जितका साथ ८ अंक छ । पन्जाब ११ खेलमा ५ जितेर १० अंक सहित पाचौँ स्थानमा छ ।