१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै म्यानचेस्टर युनाइटेड पराजित, सिटीको सानदार जित



अ+ अ-

काठमाडौं । बुधबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडकै घरेलु मैदानमा म्यानचेस्टर सिटीले जित निकालेको छ । सिटीले युनाइटेडलाई २-० पराजित गरेको हो ।

सिटीको जितमा बर्नाडो सिल्भा र लिरोए साने एकरएक गोल गरे । पहिलो हाफमा युनाइटेडले पाहुन टोलि सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन । सिटीले दोस्रो हाफमा दुई गोल गर्यो ।

५४ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले इकेए गुन्डोगानको पासमा गोल गरे । ६६ औं मिनेटमा लिरोए सानेले गोल गर्दै सिटीको अग्रता दैब्बर बनायो । उनले रहिम स्ट्रलिङको पासमा गोल गरे । त्सपछि कुनै गोल हुन सकेन ।

शीर्ष स्थानमा रहेको सिटी र दोस्रो स्थानमा रहेको युनाइटेड भन्दा एक अंकले मात्रै अगाडि छ । सिटीले ३५ खेलबाट ८९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने, लिभरपुलले समान खेल खेल्दै ८८ अंकसहित दोस्रो स्थानमा छ ।