२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोह पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं गगाँहिटीका स्थानीय ४० वर्षीय मिलन जोशी र दोलखा माटीका ३५ वर्षीय रबिन्द्र बस्नेत रहेका छन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले मित्रपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । 

काठमाडौंको पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई उनीहरुले हामीहरु यस एरियाका ‘दादा’ हौं, हामीहरुलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकममध्ये प्रतिव्यक्ति २५ हजारका दरले कमिशन दिनुपर्छ नत्र मेनपावर चल्न दिदैनौँ भन्दै हालसम्म ९० लाख २५ हजार रकम लिएको खुल्नमा आएको छ । 

यसका साथै आरोपी दुई अभियुक्त गत बिहीबार मेनपावर गई सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरुलाई ज्यान मार्ने धम्की दिई थप रकम माग्दा सञ्चालकले रकम दिन सक्दिन भन्दा हातपात समेत गरेको प्रहरीले जनाएको छ । 

उक्त सुचनाको आधारमा महाशाखाको टोलीले जोशी र बस्नेतलाई आइतबार ३ बजे पक्राउ गरि आपराधिक लाभ लिएको कसुर मुद्धामा महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको महाशाखाले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरेको जनाएको छ ।