
काठमाडौं । सरकारी गाडीको दुरुपयोग हुनु नौलो कुरा होइन । बेलाबेलमा श्रीमतीलाई माइत,ब्यूटिपार्लर र छोराछोरीलाई स्कुल,एरपोर्ट पुर्याउन जानु स्वाभाविक नै मानिन्छ । तर यसपटक भने नौलो कुरा नै देख्न पाइयो । यसपटक देखिएको नौलो कुरा बा २ झ १६५० नम्बरको सरकारी गाडी हो ।
माथिको तस्बीरमा देखिएको गाडी सेतो नम्बर प्लेटको छ । गाडीमा खिचिएको उक्त फोटो होर्दा असामन्य देखिन्छ । एक त सरकारी गाडी त्यस गाडीमा दुइ जना युवायुवती फिल्मी शैलीमा पोज । यस फोटोमा यी जोडी बिहेपछि हनिमुन मनाउन गएका जस्तो देखिन्छ । झट्ट फोटोमा हेर्दा युवती चट् परेको लेहंगा र युवा कोट पाइन्टमा सजिएका छन् । यसो हेर्दा पढेलेखेका जस्तो देखिने मानिसले यस्तो व्यवहार देखाएपछि सामाजिक संजालमा फोटो भाइरल बनेको हो ।
सरकारले सार्वजानिक विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ । सञ्चालन गर्न अतिआवस्यक भएको खण्डमा मात्रै अनुमति लिएर चलाउन पाउने व्यवस्था गरेको छ । तर हनिमुनमा लौजान पाउने व्यवस्था गरेको छैन् ।










