२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत पुगेको गैँडा उद्धार गरी ल्याइँदै



फाईल फोटो
अ+ अ-

चितवन । बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइँदैछ । भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका–६ बाट गैँडालाई डाट गरेर बेहोस बनाई आज चितवनतर्फ ल्याउँदै गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार अन्दाजी सात÷आठ वर्षको भाले गैँडालाई उद्धार गरी ल्याइएको हो । बाढीका कारण भारत पुगेको सो गैँडा यही मङ्सिर १५ गते नेपालतर्फ आएको थियो । नेपालमा उखु, तरकारीलगायत खाद्यान्न बाली खान पल्किएको गैँडा यसअघि तिहारको समयमा केही दिन सोही क्षेत्रमा देखिएको थियो । श्रेष्ठका अनुसार त्यतिबेला नियन्त्रणमा लिन खोज्दा भागेर भारततर्फ गएको थियो ।

“नेपालतर्फ आएको मौका पारेर गैँडालाई चितवन ल्याउन लागिएको हो”, श्रेष्ठले भन्नुभयो, “विसं २०७४ वा त्यसअघिका बाढीमा यो गैँडा बगेर भारत पुगेको हो ।” श्रेष्ठकै नेतृत्वमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारीसँगै सुरक्षाकर्मीले गैँडालाई उद्धार गरेका हुन् ।  सो क्रममा छ वटा हात्ती परिचालन गरिएको थियो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडालाई निकुञ्जको पूर्वी क्षेत्रमा छाडिँदैछ । गैँडाको सङ्ख्या कम भएको क्षेत्रमा छाड्न लागिएको हो । सुस्ताको उखुबारीमा गैँडा चरेको देखेपछि स्थानीयवासीले निकुञ्जलाई खबर गरेका थिए । सन् २०१७ र २०१८ मा नेपालले भारतका विभिन्न ठाउँमा पुगेका १० वटा गैँडा फिर्ता गरेको थियो । भारत पुगेर आफैँ नेपालतर्फ फर्किएका तीन गैँडालाई पनि सीमा नजिकैबाट डाट गरेर चितवन राष्ट्रिय निकुञ्ज ल्याइएको थियो ।