२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी यू–१९ महिला छनोट: अष्ट्रेलियासँग नेपालकाे लज्जास्पद हार



अ+ अ-

काठमाडौं । नेपालले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा अष्ट्रेलियासँग भारी गोल अन्तरले पराजित भएको छ ।

म्यानमारको मण्डलेमा मण्डलर थिरी स्टेडियममा भएको खेलमा नेपाल अष्टे«लियासँग ११–१ गोलल अन्तरले पराजित भएको हो । अष्ट्रेलियाको जितमा मेरी फ्लोरले दोहोरो ह्याट्रिक गरिन भने मेलिन्डाज, लेवी, क्यारा कोने क्रोस र साडीनी इभान्सले समान एक एक गोल गरिन । नेपालको लागि उकमात्रै गोल रश्मी कुमारी घिसिङले गरिन् ।

खेलको पाँचौँ मिनेटमा नै अष्ट्रेलियाले नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मेरीले टिमका लागि पहिलो गोल गर्न सफल भयो ।

त्यसपछि खेलको नवौं मिनेटमा पेनाल्टीबाट मेरीले नै गोल गर्दै अग्रता २–० मा पुर्‍याइन् । त्यसको तीन मिनेटमा फेरि अष्ट्रेलियाका लागि मेरीले नै गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गर्दै टिमका लागि तेस्रो गोल गरिन् ।

लगत्तै अष्ट्रेलियाका लागि मेरीले नै चौथो गोल गरिन् । खेलको ३४ औं मिनेटमा मेरीले ब्यक्तिगत पाँचौ गोल गरिन । ३६ औं मिनेटमा मेलिन्डाजले टिममा लागि छैटौं गोल गर्न सफल भइन। पहिलो हाफको अन्तिममा नेपालका लागि रश्मी कुमारी घिसिङले गोल गर्न सफल भइन ।

दोस्रो हाफको सुरूमा नै अष्ट्रेलियाकी मेरीले नै गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन । ६८ औं मिनेटमा रचेल लेवीले अष्टेलियाको अग्रता ८–१ मा पुरर्‍याइन् ।

७८ औं मिनेटमा अष्ट्रेलिया सब्स्टिच्युट खेलाडी क्यारा कोने क्रोसले गोल गरिन्। ८५ औं मिनेटमा इन्दापेगी रिलेले अष्ट्रेलियाका लागि १० औं गोल गर्न सफल भइन्। त्यसको अर्को मिनेटमा साडीनी इभान्सले ११ औं गोल गरिन् ।