६ श्रावण २०८३, बुधबार
,
Latest
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी सम्भव भयो बागमती प्रदेशमै संस्थापन पक्षको विजय



अ+ अ-

हेटौँडा । नेपाली काँग्रेसको बागमती प्रदेश समितिमा अनपेक्षित परिणाम आएपछि यता संस्थापन पक्ष थप हौसिएको छ । यस प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँले बाजि मारेका छन् । शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधानले ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार भएको पुनः मतदानमा बानियाँ बिजयी भएका हुन् । 

खासमा बागमती प्रदेश संस्थापन इतर पक्षको पकड भनिन्थ्यो । त्यसमा पनि नुवाकोटमा विगत लामो समयसम्म कोइरालाहरुको आशिर्वाद प्राप्त केसी भाइहरुका कारण बागमतीमा पनि उनीहरुका प्रभाव र बर्चस्व रहेको भनिएको थियो । 

त्यसमा पनि अहिले त झन् जगदिश्वरनरसिंह केसी नै सभापतिका उम्मेदबार थिए । तर उनलाई देउवा पक्षका उम्मेदवार इन्द्र बानियाँले पराजित गरिदिए । पहिलो चरणमा निर्वाचित हुन नसकेपनि दोस्रो चरणको उनीहरुको प्रतिश्पर्धा थप कडा थियो । 

यो प्रदेशमा संस्थापन पक्ष कसरी विजयी हुनसक्यो भन्ने विषयमा अहिले काँग्रेसभित्र नै खोजीको विषय भएको छ । यसको श्रेय नेपाली कांग्रेसमा देउवा निकट मानिने सहमहामन्त्री डा।प्रकाश शरण महत प्रमुख कारक रहेको काँग्रेसका प्रतिनिधिहरु बताउँछन् । उनीहरुका अनुसार यता नुवाकोटमा पनि लामो समयपछि केसी बन्धुहरुलाई पराजय गराउन सफल भएका महतलाई नै सभापति देउवाले यो जिम्मेबारी दिएर पठाएका थिए । डा महतले आफ्नो जिम्मेबारी पूरा गरेका बागमती प्रदेशका समग्र महाधिवेशन प्रतिनिधिहरुको राय छ । 

डा महत सुरुदेखि नै सभापतिमा इन्द्र बानियाँलाई जिताउनका लागि लागेका हुन् । उनी निकट प्रतिनिधिहरु भन्छन्( आफूले गरेको परिश्रम अनुसार उनले बानियाँलाई जिताएर संस्थापन पक्षलाई उपलब्धी दिलाएर छोडेका छन् । प्रतिनिधिहरुले भनेका छन्( बास्तवमा बागमती प्रदेशको यो परिणामले अब केन्द्रमा पनि सभापतिमा देउवादाई बिजय गराउन सजिलो भएको छ, कमजोर भनिएको यो प्रदेशको यो परिणामले संस्थापन पक्षलाई निकै ने सकारात्मक सन्देश दिन सफल पनि भएको छ । 

पौडेल पक्षधर सभापतिका उम्मेदवार बनेका केसीलाई विजय गराउन नेता अर्जुन नरसिंह केसी, युवा नेता गगन थापा तथा सभापति उम्मेदवारका दाबी गरिरहेका नेता प्रकाशमान समेत सक्रिय थिए । गगन थापाले त लाइनमा बसेरै केसीलाई भोट मागेका थिए । बागमती प्रदेशमा खसेको कुल मत २०२६ मध्ये बानियाँले १०८५ मत प्राप्त गरेर विजय हासिल गरेका छन् भने अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् ।