१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलमा राजस्थानसँग हैदरावाद पराजित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा गए रात्रि राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ। राजस्थानले हैदराबादमाथि ७ विकेटको जित निकालेको हो।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन जोड्दा लिआम लिभिङस्टोनले ४४ रन बनाए। यस्तै अजिंकाले रहानेले ३९ र कप्तान स्टिभ स्मिथले २२ रन बनाए।

हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक÷एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो। जितसंगै राजस्थानले हैदरावादसँग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ। जीतपछि राजस्थान १२ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ।