६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : ३ खेल अगावै बार्सिलोनालाई उपाधि, मेस्सी बने १० औं पटक ट्रफि उचाल्ने पहिलो खेलाडी



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको यस सिजनको उपाधि बार्सिलोनाले जितेको छ। शनिवार सम्पन्न भएको खेलमा लेभान्टेलाई १-० ले पराजित गरेपछि बार्सिलोनाले ३ खेल अगावै लिगको उपाधि जितेको हो।

बार्सिलोनाको हिजोको जितमा निर्णायक गोल लियोनेल मेस्सीले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेस्सीले सो निर्णायक गोल खेलको ६२ औं मिनेटमा गरेका हुन्। योसँगै मेस्सी यस सिजनका सर्वाधिक गोलकर्तासमेत हुन्। उनको खातामा ३४ गोल जम्मा भइसकेको छ।

बार्सिलोनाले २६ औं पटक लिगको उपाधिमा कब्जा जमाएको हो। स्पेनिस ला लिगामा रियल मड्रिडले उपाधिमा सर्वाधिक ३३ पटक कब्जा जमाएको छ। जारी लिगमा बार्सिलोना तेश्रो स्थानमा रहेको छ।

मेस्सीले ला लिगाको उपाधि १० औं पटक जितेका हुन्। १० जितसँगै मेस्सी ला लिगाको उपाधि १० औं पटक जित्ने पहिलो खेलाडी बनेका छन्।

बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दै उपाधिमा कब्जा जमाउँदा दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले ७४ अंक जोडेको छ भने तेश्रो स्थानमो रियल मड्रिडले ६५ अंक जोडेको छ। यस्तै गेटाफेको ५५ हंक रहेको छ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई १–० ले हरायो छ भने एथ्लेटिको बिल्बाओ र एलाभेसले १–१ बराबरी गर्दा लेगानेस र सेल्टा डी भिगोले गोलरहित बराबरी खेले ।