९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

इमरान खानको वैवाहिक जीवनको कार्यक्रम देखाएको भन्दै च्यानलमाथि १० लाख रुपैयाँ जरिवाना

इमरान खानको वैवाहिक जीवनको कार्यक्रम देखाएको भन्दै च्यानलमाथि १० लाख रुपैयाँ जरिवाना
अ अ+ अ-

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको वैवाहिक जीवनमा केन्द्रीत भएर कार्यक्रम देखाएको भन्दै पाकिस्तान इलेक्ट्रोनिक मिडियाको नियामक संस्थाले शनिबार नीजि टिभी च्यानलमाथि १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना लगाएको छ ।

पाकिस्तानी इलेक्ट्रोनिक मिडिया नियमक निकायले खान र उनकी तेस्री श्रीमती बुशरा बीबीको सम्बन्धमा तित्तता छाएको दाबी गरिएको थियो । च्यानललाई अबको सात दिनसम्म आफ्नो प्राइम टाइम कार्यक्रममा लगातार माफीको प्रसारण गर्न निर्देशन दिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका भूतपूर्व अध्यक्ष नजम सेठीले च्यानल २४ न्यूजको कार्यक्रम ‘नजम सेठीसँग’ मा इमरान खानको श्रीमतीसँगको सम्बन्धमा खटपट भइरहेको दाबी गर्दै यसमा खानका केही बानी जिम्मेवार भएको बताएका थिए ।

सेठीको उक्त कार्यक्रमपछि इमरानले गरेको उजुरी पाकिस्तानी इलेक्ट्रोनिक्स मिडिया रेगुलेटरीलाई सुम्पिएको थियो ।

निकायका अनुसार यदि च्यानलले निर्देशनको पूर्णतः पालना नगरेको खण्डमा कार्यक्रम ‘नजम सेठीसँग’ को प्रशारण ३० दिनसम्म प्रतिबन्ध लगाइनेछ ।