२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो छ कांग्रेस महाधिवेशको तयारी ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन तयारि सम्बन्धि उपसमितिका संयोजकहरु सँग ब्रिफिंग लिनु भएको छ । 

सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिले सम्म भएका तयारी तथा प्रगति बारे सभापति देउवालाई जानकारी गराएका हुन् । 

आजको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति,प्रचार प्रसार उपसमिति, आवाश उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, बिदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए । 

बैठक पछि संचारकर्मीहरुसंग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिनुभयो । महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिनुभयो । आगामी २४ गते दिउसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्व सहित केन्द्रिय पदाधिकारी चयन गर्नेछ ।