१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो छ कांग्रेस महाधिवेशको तयारी ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन तयारि सम्बन्धि उपसमितिका संयोजकहरु सँग ब्रिफिंग लिनु भएको छ । 

सोमबार पार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिले सम्म भएका तयारी तथा प्रगति बारे सभापति देउवालाई जानकारी गराएका हुन् । 

आजको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति,प्रचार प्रसार उपसमिति, आवाश उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, बिदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए । 

बैठक पछि संचारकर्मीहरुसंग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने जानकारी दिनुभयो । महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिनुभयो । आगामी २४ गते दिउसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्व सहित केन्द्रिय पदाधिकारी चयन गर्नेछ ।