१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग रोमाञ्चक बन्दै, सिटी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको खेल सकिनै लाग्दा निकै रोमाञ्चक बन्दै गएको छ । खेलमा प्रमुख दुई टोली म्यानचेस्टर सिटी र लिभरपुलबीच शीर्ष स्थानमा रहेका छन् ।
लिभरपु भन्दा २ अंकले पछि परेको सिटी पुन: शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार भएको खेलमा बर्नलीलाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले पुन: शीर्ष स्थानमा उक्लिएको हो ।

बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक भएको खेलमा सिटीका लागि अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले गोल नै निर्णायक गोल सावित भयो । उनले ६३औं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार बर्नलीका डिफेन्डरले क्लियर गरेपनि गोललाइन टेक्नोलोजीले गोल भएको देखाएको थियो ।

यो जितसँगै सिटीले लिभरपुललाई एक अंकले पछि पारेको छ । ३६ खेल खेलेको सिटी ९२ जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने समान ३६ खेल नै खेलको लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ७० अंक छ भने चौथो स्थानमा रहेको चेल्सीले ३५ खेलमा ६७ अंक जोडेको छ । लिगमा अब मात्रै २ खेल बाँकी छन् ।