२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग रोमाञ्चक बन्दै, सिटी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको खेल सकिनै लाग्दा निकै रोमाञ्चक बन्दै गएको छ । खेलमा प्रमुख दुई टोली म्यानचेस्टर सिटी र लिभरपुलबीच शीर्ष स्थानमा रहेका छन् ।
लिभरपु भन्दा २ अंकले पछि परेको सिटी पुन: शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार भएको खेलमा बर्नलीलाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले पुन: शीर्ष स्थानमा उक्लिएको हो ।

बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक भएको खेलमा सिटीका लागि अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोले गोल नै निर्णायक गोल सावित भयो । उनले ६३औं मिनेटमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार बर्नलीका डिफेन्डरले क्लियर गरेपनि गोललाइन टेक्नोलोजीले गोल भएको देखाएको थियो ।

यो जितसँगै सिटीले लिभरपुललाई एक अंकले पछि पारेको छ । ३६ खेल खेलेको सिटी ९२ जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने समान ३६ खेल नै खेलको लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ७० अंक छ भने चौथो स्थानमा रहेको चेल्सीले ३५ खेलमा ६७ अंक जोडेको छ । लिगमा अब मात्रै २ खेल बाँकी छन् ।