२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षलाई उम्मेदबार तय गर्न सकस , आज पनि छलफलमा जुट्दै



अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेसको चार दिन पछि सुरु हुने १४ औ  महाधिवेसनमा सभापतिको साझा उम्मेदावार तय गर्न नसकेको सस्थापन इतर समूहको  आज पनि छलफलमा जुट्दै छन् । केही दिन देखी निरन्तर छलफलमा रहेका  सभापतिका आकाक्षीहरु बीच दिउसो छलफल गर्न लागेका हुन् ।

६ ओटा प्रदेशको परिणाम आईसकेकाले त्यसको समिक्षा र आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने  दिउसाे एक बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उनिहरु छलफलमा जुट्न लागेका हुन् ।

सोमबार  साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो । तीनै जनाले आफूलाई समर्थन गर्न आग्रह गरेपछि सो समूहले उम्मेदबार तय गर्न सकेको छैन ।  प्रत्यासीहरु बीच सहमति नभए आफूलाई समर्थन गर्न रामचन्द्र पौडेलले आग्रह गर्दे आउनु भएको छ ।

उता नेता प्रकाशमान सिंहले  पुतलीसडकस्थित एक पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय खोलेर कार्यकर्ताहरु संग छलफल थाल्नु भएको छ ।