१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षलाई उम्मेदबार तय गर्न सकस , आज पनि छलफलमा जुट्दै



अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेसको चार दिन पछि सुरु हुने १४ औ  महाधिवेसनमा सभापतिको साझा उम्मेदावार तय गर्न नसकेको सस्थापन इतर समूहको  आज पनि छलफलमा जुट्दै छन् । केही दिन देखी निरन्तर छलफलमा रहेका  सभापतिका आकाक्षीहरु बीच दिउसो छलफल गर्न लागेका हुन् ।

६ ओटा प्रदेशको परिणाम आईसकेकाले त्यसको समिक्षा र आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने  दिउसाे एक बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उनिहरु छलफलमा जुट्न लागेका हुन् ।

सोमबार  साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो । तीनै जनाले आफूलाई समर्थन गर्न आग्रह गरेपछि सो समूहले उम्मेदबार तय गर्न सकेको छैन ।  प्रत्यासीहरु बीच सहमति नभए आफूलाई समर्थन गर्न रामचन्द्र पौडेलले आग्रह गर्दे आउनु भएको छ ।

उता नेता प्रकाशमान सिंहले  पुतलीसडकस्थित एक पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय खोलेर कार्यकर्ताहरु संग छलफल थाल्नु भएको छ ।