२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्याममाथि अयाक्सको महत्वपूर्ण जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा डच क्लब अयाक्सले टोटनह्यामलाई पराजित गरेको छ ।

गएराती टोटनह्यामको घरेलु मैदानमा सम्पन्न खेलमा अयाक्सले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको एक मात्र गोल डोनी भान डे बीकले खेलको १५औ मिनेटमा गरेका हुन् । बीकको एक मात्र गोल पछि आयाक्स सन् १९९६ पछि पहिलो पल्ट फाइनलमा पुग्न एक कदम अगाडी बढेको छ । अयाक्स यसअघि सन् १९९६ र १९६९ मा च्याम्पियन्स् लिगको फाइनलमा पुगेको थियो ।

यस सिजनमा रियल म्याड्रिड र युभेन्टस जस्ता फुटबलका महारथी क्लबलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको अयाक्सले अब टोटनह्यामलाई पनि पराजित गर्ने तयारी गरेको छ ।

यस खेलमा १-० को जीतबाट अयाक्सले अग्रता मात्र हासिल गरेको छैन अवे गोलको महत्वपूर्ण फाइदा समेत हासिल गरेको छ ।

च्याम्पियन्स लिगको इतिहासमा यसअघि १७ टिम मध्ये केवल एक टिम सेमिफाइनलको पहिलो लिगमा पराजित भएर फाइनलमा पुगेको रेकर्ड रहेको छ ।

अयाक्सका दुसन ताडीकले यस खेलमा ३२ गोल गर्ने मौका सिर्जना गरेका थिए जुन यस बर्षको च्याम्पियन्स लिगमा कुनै पनि खेलाडीले बनाएको गोल गर्ने धेरै मौका हो ।

अब दुवै टिमबीचको दोस्रो लिग अर्को बिहिबार मे ९ मा अयाक्सको घरेलु मैदानमा हुने छ ।