६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्याममाथि अयाक्सको महत्वपूर्ण जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा डच क्लब अयाक्सले टोटनह्यामलाई पराजित गरेको छ ।

गएराती टोटनह्यामको घरेलु मैदानमा सम्पन्न खेलमा अयाक्सले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको एक मात्र गोल डोनी भान डे बीकले खेलको १५औ मिनेटमा गरेका हुन् । बीकको एक मात्र गोल पछि आयाक्स सन् १९९६ पछि पहिलो पल्ट फाइनलमा पुग्न एक कदम अगाडी बढेको छ । अयाक्स यसअघि सन् १९९६ र १९६९ मा च्याम्पियन्स् लिगको फाइनलमा पुगेको थियो ।

यस सिजनमा रियल म्याड्रिड र युभेन्टस जस्ता फुटबलका महारथी क्लबलाई च्याम्पियन्स लिगबाट बाहिर पठाएको अयाक्सले अब टोटनह्यामलाई पनि पराजित गर्ने तयारी गरेको छ ।

यस खेलमा १-० को जीतबाट अयाक्सले अग्रता मात्र हासिल गरेको छैन अवे गोलको महत्वपूर्ण फाइदा समेत हासिल गरेको छ ।

च्याम्पियन्स लिगको इतिहासमा यसअघि १७ टिम मध्ये केवल एक टिम सेमिफाइनलको पहिलो लिगमा पराजित भएर फाइनलमा पुगेको रेकर्ड रहेको छ ।

अयाक्सका दुसन ताडीकले यस खेलमा ३२ गोल गर्ने मौका सिर्जना गरेका थिए जुन यस बर्षको च्याम्पियन्स लिगमा कुनै पनि खेलाडीले बनाएको गोल गर्ने धेरै मौका हो ।

अब दुवै टिमबीचको दोस्रो लिग अर्को बिहिबार मे ९ मा अयाक्सको घरेलु मैदानमा हुने छ ।