१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

११७ वर्षीय लामिछानेलाई मासिक १० हजार



अ+ अ-

नुवाकोट । ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी उनलाई सो रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा मासिक पाँच सय रुपैयाँ सहकारीमा जम्मा गरिँदै आइरहेका थिए ।

त्यसैलाई निरन्तरता दिँदै गाउँपालिकाले लामिछानेलाई आफ्नै जन्मदाता सम्झेर आर्थिक सहयोग गरेको अध्यक्ष लामाले बताएको नागरिक दैनिकमा खबर छ । ‘गाउँमा यस्ता ज्येष्ठ नागरिक बिरलै भेटिन्छन् । उनीहरुको सम्मानमा यस्ता कार्यक्रम ल्याउनु हाम्रो कर्तव्य हो,’ अध्यक्ष लामाले भने, ‘हामीलाई हुर्काउन हाम्रा आमाबाहरुले कति कष्ट सहनुप¥यो । त्यसैले मूल्य तिर्न गाउँपालिकाले थोरै भए पनि आर्थिक सहयोग गर्न लागेको हो ।’