१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्काहा सिइओ जसले साढे दुई मिनेटको जुम कलमा निकाले ९०० कर्मचारी



अ+ अ-

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा एक जना सन्काहा सिइओका बारेमा चर्चा भइरहेको छ । भारतीय मूलका सिइओ विशाल गर्गले मात्र साढे दुई मिनेटको जुम भिडियो कलिङमा कम्पनीका ९०० कर्मचारीलाई निकालिदिए । विशाल बेटर डटकम (Better.com) का संस्थापक तथा सिइओ हुन् । उनको कम्पनीले घर मालिकहरुलाई होम लोनसहित विभिन्न प्रकारका सेवाहरु प्रदान गर्छ । लिङ्क्डइन (LinkedIn) मा उपलब्ध जानकारी अनुसार उनी लगानी होल्डिङ कम्पनी वन जिरो क्यापिटल (One Zero Capital) का संस्थापक साझेदार पनि हुन् जुन एउटा इन्भेस्टमेन्ट होल्डिङ कम्पनी हो । भिडियोमा उनले करियरमा दोस्रो पटक यस्तो गरेको र आफूलाई यो पटक्कै मन नपरेको बताए । जतिबेला उनले पहिलो पटक यस्तो गरेका थिए, उनी आफ्नो निर्णयमा रोएका थिए। 

यसअघि पनि विवादमा 

विशालको विवादको लामो इतिहास छ। उनले यसअघि पनि कर्मचारीलाई बर्खास्त गरेका थिए र त्यतिबेला निकै कठोर भाषा प्रयोग गरेका थिए । उनले लेखेका थिए, ‘तिमीहरु एकदमै बिस्तारै काम गर्छौ, तिमीहरु मुर्ख डल्फिनको झुण्ड जस्तै छौ, अब भयो, तिमीहरुले मलाई लाजमर्दो बनाउँदैछौ ।’ त्यतिबेला पनि उनलाई लिएर विवाद भएको  थियो र अहिले उनले एकै झट्कामा ९०० कर्मचारीलाई बर्खास्त गरेपछि फेरि विवादमा परेका छन् ।

कोरोनाको समयमा पनि विशाल निकै चर्चामा थिए तर त्यतिबेला कारण राम्रो थियो । उनले न्यूयोर्क शहरका पब्लिक स्कूलका विद्यार्थीहरूको अनलाइन सिकाइ सुधार गर्न २० लाख अमेरिकी डलर चन्दा दिएका थिए । आर्थिकरूपमा कमजोर बालबालिकाका लागि क्रोमबुक, आईप्याड, वाइफाइ हटस्पट, किताब र कपडा किन्न उक्त रकम प्रयोग गरिएको थियो । पहिले परोपकारका कारण चर्चामा रहेका उनी अहिले कडा निर्णयका कारण चर्चामा छन् ।

किन निकालियो ९०० कर्मचारीलाई ?

विशालले कर्मचारी हटाउनुको कारण बजार दक्षता, कार्यसम्पादन र उत्पादकत्व रहेको बताए । जुममा वेबिनार गर्दै गर्दा उनले भने, ‘यदि तपाइँ यो वेबिनारमा हुनुहुन्छ भने, तपाइँ त्यो दुर्भाग्यपूर्ण समूहको हिस्सा हुनुहुन्छ जहाँ कर्मचारीहरू छाँटकाँट भइरहेको छ … तपाइँलाई तत्काल बर्खास्त गरिँदैछ।’ उनले कर्मचारीहरूले मानव संसाधन विभागबाट लाभ र छुटहरू बारे जानकारीसहित इमेल प्राप्त हुने बताए । एक कर्मचारीले मोबाइलमा उक्त कल रेकर्ड गरे र त्यसलाई पछि सामाजिक सञ्जालमा पोस्ट गरे, त्यसपछि यो भाइरल भयो।