६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्काहा सिइओ जसले साढे दुई मिनेटको जुम कलमा निकाले ९०० कर्मचारी



अ+ अ-

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा एक जना सन्काहा सिइओका बारेमा चर्चा भइरहेको छ । भारतीय मूलका सिइओ विशाल गर्गले मात्र साढे दुई मिनेटको जुम भिडियो कलिङमा कम्पनीका ९०० कर्मचारीलाई निकालिदिए । विशाल बेटर डटकम (Better.com) का संस्थापक तथा सिइओ हुन् । उनको कम्पनीले घर मालिकहरुलाई होम लोनसहित विभिन्न प्रकारका सेवाहरु प्रदान गर्छ । लिङ्क्डइन (LinkedIn) मा उपलब्ध जानकारी अनुसार उनी लगानी होल्डिङ कम्पनी वन जिरो क्यापिटल (One Zero Capital) का संस्थापक साझेदार पनि हुन् जुन एउटा इन्भेस्टमेन्ट होल्डिङ कम्पनी हो । भिडियोमा उनले करियरमा दोस्रो पटक यस्तो गरेको र आफूलाई यो पटक्कै मन नपरेको बताए । जतिबेला उनले पहिलो पटक यस्तो गरेका थिए, उनी आफ्नो निर्णयमा रोएका थिए। 

यसअघि पनि विवादमा 

विशालको विवादको लामो इतिहास छ। उनले यसअघि पनि कर्मचारीलाई बर्खास्त गरेका थिए र त्यतिबेला निकै कठोर भाषा प्रयोग गरेका थिए । उनले लेखेका थिए, ‘तिमीहरु एकदमै बिस्तारै काम गर्छौ, तिमीहरु मुर्ख डल्फिनको झुण्ड जस्तै छौ, अब भयो, तिमीहरुले मलाई लाजमर्दो बनाउँदैछौ ।’ त्यतिबेला पनि उनलाई लिएर विवाद भएको  थियो र अहिले उनले एकै झट्कामा ९०० कर्मचारीलाई बर्खास्त गरेपछि फेरि विवादमा परेका छन् ।

कोरोनाको समयमा पनि विशाल निकै चर्चामा थिए तर त्यतिबेला कारण राम्रो थियो । उनले न्यूयोर्क शहरका पब्लिक स्कूलका विद्यार्थीहरूको अनलाइन सिकाइ सुधार गर्न २० लाख अमेरिकी डलर चन्दा दिएका थिए । आर्थिकरूपमा कमजोर बालबालिकाका लागि क्रोमबुक, आईप्याड, वाइफाइ हटस्पट, किताब र कपडा किन्न उक्त रकम प्रयोग गरिएको थियो । पहिले परोपकारका कारण चर्चामा रहेका उनी अहिले कडा निर्णयका कारण चर्चामा छन् ।

किन निकालियो ९०० कर्मचारीलाई ?

विशालले कर्मचारी हटाउनुको कारण बजार दक्षता, कार्यसम्पादन र उत्पादकत्व रहेको बताए । जुममा वेबिनार गर्दै गर्दा उनले भने, ‘यदि तपाइँ यो वेबिनारमा हुनुहुन्छ भने, तपाइँ त्यो दुर्भाग्यपूर्ण समूहको हिस्सा हुनुहुन्छ जहाँ कर्मचारीहरू छाँटकाँट भइरहेको छ … तपाइँलाई तत्काल बर्खास्त गरिँदैछ।’ उनले कर्मचारीहरूले मानव संसाधन विभागबाट लाभ र छुटहरू बारे जानकारीसहित इमेल प्राप्त हुने बताए । एक कर्मचारीले मोबाइलमा उक्त कल रेकर्ड गरे र त्यसलाई पछि सामाजिक सञ्जालमा पोस्ट गरे, त्यसपछि यो भाइरल भयो।