२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विक्की र कटरीनाको विवाहविरुद्ध ‘एफआइआर’ दर्ता



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफबीच राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह हुँदैछ । 

जसका लागि दुवैजना आफ्नो परिवारसहित राजस्थान पुगिसकेका छन् । मंगलबारदेखि बिहीबारसम्म विवाह समारोह चल्दैछ । यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध एफआइआर (उजुरी) दर्ता गराएका छन् ।

समाचारअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराएका हुन् । वकिलले विवाहका कारण चौथ माता मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेका हुन् । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म मन्दिरको बाटो बन्द गरिदिएको छ । जसकारण श्रद्धालुले समस्या भोग्नु परेको छ ।

जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरीना, विक्की र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराएका छन् । उनीहरुको विवाहमा १ सय २० पाहुनाको उपस्थिति हुने बताइएको छ ।