१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विक्की र कटरीनाको विवाहविरुद्ध ‘एफआइआर’ दर्ता



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफबीच राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह हुँदैछ । 

जसका लागि दुवैजना आफ्नो परिवारसहित राजस्थान पुगिसकेका छन् । मंगलबारदेखि बिहीबारसम्म विवाह समारोह चल्दैछ । यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध एफआइआर (उजुरी) दर्ता गराएका छन् ।

समाचारअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी दर्ता गराएका हुन् । वकिलले विवाहका कारण चौथ माता मन्दिरको बाटो अवरुद्ध भएको भन्दै उजुरी गरेका हुन् । उजुरीकर्ताका अनुसार प्रशासनले डिसेम्बर ६ देखि १२ सम्म मन्दिरको बाटो बन्द गरिदिएको छ । जसकारण श्रद्धालुले समस्या भोग्नु परेको छ ।

जादौनले उजुरीमा सिक्स सेन्सेज फोर्टका प्रबन्धक, कटरीना, विक्की र जिल्ला कलेक्टरविरुद्ध उजुरी दर्ता गराएका छन् । उनीहरुको विवाहमा १ सय २० पाहुनाको उपस्थिति हुने बताइएको छ ।