१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

नेपाल प्रहरीको एफपियू मिसन बन्द

नेपाल प्रहरीको एफपियू मिसन बन्द
अ अ+ अ-

काठमाडौं। नेपाल प्रहरीको पहिलो फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । संयुक्त राष्ट्रसंघको आग्रहमा हाइटीमा स्थापना भएको मिसन मंगलबारदेखि बन्द भएको हो । हाइटीमा खटिएको टोली बुधबार स्वदेश फर्कने र त्यहाँस्थित बन्दोबस्तीका सामान फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए । हाइटीमा द्वन्द्व समाधानोन्मुख भएकाले राष्ट्रसंघले शान्तिसेनालाई कटौती गर्दै लगेको हो । सोहीअनुसार यसअघि नै ‘अनपोल मिसन’अन्तर्गत कोटा कटौती भइसकेको छ ।

क्यारेबियन देश हाइटीमा सन् २००४ देखि शान्ति स्थापनार्थ नेपाल प्रहरीको टोली खटिँदै आएको छ । एफपियू हाइटीमा हालसम्म तीन हजार ७० जना प्रहरीले सेवा गरेका छन् । हाइटी बन्द भएपछि सुडान मिसन मात्र हुने भएकाले राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर प्रहरीका लागि कम हुने भएको छ । अब नेपाल प्रहरीको एफपियू टोली सुडानमा मात्र रहनेछ । शान्ति मिसन प्रहरीका लागि आकर्षक मानिए पनि पछिल्ला वर्ष प्रहरीको सहभागिता घट्दै गएको छ ।
नयाँ मिसन अन्योलमा
प्रहरीलाई नयाँ मिसनका लागि राष्ट्रसंघसँग पहल भइरहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । राष्ट्रसंघले तीन वर्षअघि नै नेपाल प्रहरीलाई नयाँ एफपियू मिसन दिने प्रस्ताव गरेको थियो । त्यसका लागि बन्दोबस्तीका सामान खरिद गर्न भनिएकोमा प्रहरीले खरिद गर्न सकेन । बरू पुरानै गाडीलगायत सामानलाई नयाँजस्तो बनाएर देखाएपछि निरीक्षणका लागि आएका राष्ट्रसंघका अधिकारीले नेपाल प्रहरीका सट्टा अन्य देशको प्रहरीलाई लिएका थिए । सुडान भ्रष्टाचार प्रकरणपछि नेपाल प्रहरीले समयमा सामान किन्न सकेको छैन । सोही कारण शान्ति मिसनको अवसर पनि गुमाउँदै गएको छ ।

देशले नै राष्ट्रसंघमा लबिङ गर्न नसक्दा आफूहरूले मिसन नपाएको प्रहरी अधिकारीहरूको गुनासो छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सुडान र दक्षिण सुडानका बीचमा रहेको विवादास्पद क्षेत्र अबेईमा खटाउने संकेत राष्ट्रसंघका अधिकारीले दिएका छन् । तर, यसबारे अझै कुनै निर्णय भएको छैन । सशस्त्र प्रहरीको भने दक्षिण सुडानमा दुईवटा एफपियू मिसन छन् । सशस्त्रको लाइबेरियास्थित पहिलो एफपियू मिसन दुई वर्षअघि नै बन्द भएको थियो । नयाँ पत्रिकाबाट