
काठमाडौं । संखुवासभाको मादी नगरपालिका वडा नं ६ सातघुम्ती भन्ने स्थानमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।झापाको दमक तर्फ जादै गरेको बस आज बिहान करिब साढे सात बजे दुर्घटना भएको थियो । बसमा चालक सहित १८ यात्रु रहेका थिए ।
बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ । तीन जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ ।बस टुक्रा टुक्रा भएका कारण उद्धारमा कठिनाई भएको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका पत्रकार जीवनाथ खनालले जानकारी दिनुभयो ।
फाेटाे -धूपुले निरौला हेमराज