६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको जग्गामा नेकपा जोडिएपछि मात्रै ठाडा-ठाडा कान बनाए, सुवर्ण शमशेरले कांग्रेस गुहारे : बास्कोटा



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ललिता निवासको सरकारी जग्गामा नेकपा जोडिएपछि मात्रै ठाडा ठाडा कान बनाएको आरोप लगाएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने सरकारले पहिलेदेखि नै जग्गा अतिक्रमणबारे अध्ययन गरिराखेको भए पनि नेकपा जोडिएपछि मात्रै सबैका रौं ठाडा भएको बताए।

बास्कोटाले भने, नेकपा जोडियो भने ठाडा ठाडा कान हुन्छ। रौँ ठडिन्छ। अरु जोडियो भने ?…….. ल अब सुवर्ण शमशेरको परिवारले कांग्रेस गुहारी सक्नु भएछ अब भोली देखि के भन्छ कांग्रेस ? प्रति उतर गरे ।

उनले सरकारी जग्गामा बदमासी भए सरकारले नसहने बताए। ‘प्रश्न विष्णु, देउवा, सुवर्णसम्सेरको होइन,’ उनले भने, ‘जसको नाम जोडिए पनि सरकारले छानविन गर्छ। छानविन प्रक्रिया रोकिँदैन।’