९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग

धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग
अ अ+ अ-

जनकपुर।धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आज गाउँ कार्यपालिकाको बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ६५ हजार ५८२ रुपैयाँ जम्मा गर्ने  निर्णय गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि
गाउँ कार्यपालिकाको बसेको बैठकले सो निर्णय गरेको छ ।

गाउँपालिकाका अनुसार उक्त रकममध्ये गाउँपालिकाको तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ, जनप्रतिनिधिको तर्फबाट ५ लाख २३ हजार ५०० रुपैयाँ, कर्मचारीको तर्फबाट ५ लाख ४६ हजार ७९९ रुपैयाँ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तर्फबाट ७ लाख ८४ हजार १७२ रुपैयाँ योगदान गरिएको छ ।

गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अभूतपूर्व बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित पुनःस्थापना तथा सहज जनजीवनका लागि शुभकामना व्यक्त गरेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिथिलेश ठाकुरले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको र सहानुभूतिमा मात्र सीमित नरही सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धताका साथ राहत तथा पुनःस्थापना अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको उल्लेख छ ।

गाउँपालिकाका अनुसार कर्मचारी तथा शिक्षक कर्मचारीबाट सङ्कलित रकम उनीहरूको सेवा सुविधाबाट निश्चित दिनको तलब कट्टा गरी योगदान गरिएको हो । अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरबाट पाँच दिन र श्रेणीविहीन सहयोगीस्तरबाट दुई दिनको तलब योगदान गरिएको छ ।

त्यसैगरी, माध्यमिक तहका शिक्षकबाट सात दिन, आधारभूत तहका शिक्षकबाट पाँच दिन तथा सहयोगी कार्यकर्ता र कर्मचारीबाट दुई दिनको तलब योगदान गरिएको गाउँपालिकाले जनाएको छ । रासस