१७ भाद्र २०८३, बुधबार
,
Latest
‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको जग्गामा नेकपा जोडिएपछि मात्रै ठाडा-ठाडा कान बनाए, सुवर्ण शमशेरले कांग्रेस गुहारे : बास्कोटा



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ललिता निवासको सरकारी जग्गामा नेकपा जोडिएपछि मात्रै ठाडा ठाडा कान बनाएको आरोप लगाएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने सरकारले पहिलेदेखि नै जग्गा अतिक्रमणबारे अध्ययन गरिराखेको भए पनि नेकपा जोडिएपछि मात्रै सबैका रौं ठाडा भएको बताए।

बास्कोटाले भने, नेकपा जोडियो भने ठाडा ठाडा कान हुन्छ। रौँ ठडिन्छ। अरु जोडियो भने ?…….. ल अब सुवर्ण शमशेरको परिवारले कांग्रेस गुहारी सक्नु भएछ अब भोली देखि के भन्छ कांग्रेस ? प्रति उतर गरे ।

उनले सरकारी जग्गामा बदमासी भए सरकारले नसहने बताए। ‘प्रश्न विष्णु, देउवा, सुवर्णसम्सेरको होइन,’ उनले भने, ‘जसको नाम जोडिए पनि सरकारले छानविन गर्छ। छानविन प्रक्रिया रोकिँदैन।’




भर्खरै