९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
अ अ+ अ-

मकवानपुर – हेटौँडा–काठमाडौँ सडक खण्डमा यति बेला सवारीको चाप मात्रै छैन । यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ ।

त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्ण भीरमा सडक अवरुद्ध भएपछि काठमाडौँ आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ ।

वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । र यसको नेतृत्व कार्यालयबाट मात्र होइन प्रहरी अधिकारीहरू स्वयं सडकमा उत्रिएर गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफैँ सडकमा पुगेर सवारीको आवागमन व्यवस्थापनमा खटिएका छन् ।

सवारीको लामो लाइन, साँघुरा सडक र वैकल्पिक मार्गमा बढेको चापबिच प्रहरीले सवारीलाई निर्धारित रुटअनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ ।

१४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ । हेटौँडाबाट काठमाडौँ जाने त्यस्ता सवारीले भीम फेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौँ आउने सवारीले फर्पिङ–फा खेल–कुलेखानी–भीम फेदी सडक प्रयोग गर्नुपर्नेछ ।

ठुला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ । त्रिभुवन राजपथमा रहेको कमजोर बेलिब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ ।

सडकको यो असहजताले यात्राको समय पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले बिच बिचमा प्रहरी राखेर यात्रालाई सहज बनाउने काममा लागेको बताउनु भयो ।

पालुङ क्षेत्रमा रोकिएका करिब १ सय ५० सवारी साधनहरूलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौँ ल्याउने कार्य भइरहेको छ ।

मङ्गलवार काठमाडौँबाट छुटेका ती सवारी साधनहरू सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए । उहाँकाअनुसार पालुङमा रोकिएका ती सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौँबाट अर्को समूहका सवारी साधनहरूलाई सो मार्गमा प्रवेश अनुमति दिइनेछ ।

त्यसै गरी, १४ सिट क्षमतासम्मका हलुका सवारी साधनहरू भीम फेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन् । हलुका सवारी साधनको हकमा आज असोज १६ गतेदेखि लागू हुने गरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ ।

हाल सडकमा पर्याप्त ट्राफिक जनशक्ति परिचालन गरी ठाउँ–ठाउँमा सवारी साधनहरूलाई ‘होल्ड’ गर्दै र समूह बनाएर गन्तव्यतर्फ पठाउने (कन्भे) कार्य भइरहेको उहाँले बताउनु भयो । सडकको भौगोलिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै कतिपय स्थानमा सवारी साधनहरूलाई केही समय रोकेर पठाउने गरिएकोले बिच–बिचमा केही अवरोध देखिए पनि व्यवस्थापन कार्यलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘बिच–बिच बाटोमा हामीले ट्राफिकहरूलाई राखेर म्यानेजमेण्ट गरिनै रहेका छौँ । अनि यो अहिले पालुङमा झन्डै १५० वटा जति गाडी होल्ड भएर बसेको अवस्था हो । त्यो भनेको हिजो काठमाडौँबाट छोडेको गाडी त्यहाँ आएर लङ टाइम त्यहाँ होल्ड भइसकेको छ । त्यो हिजो निर्णय हुनुभन्दा अगाडि नै त्यो गाडी त्यहाँ छोड्या भएर त्यहाँ आएर होल्ड भयो । अब अहिले त्यो गाडीलाई स्कर्ट गरेर अहिले हाम्रो ल्याउने कार्य भइराख्या छ । त्यहाँबाट पालुङबाट ल्याइसकेपछि अनि फेरि अर्को लट यहाँबाट हामीले पालुङको बाटोबाट छोड्ने कुराहरू गरिराख्या छौँ । त्यसले गर्दाखेरि अब ट्राफिक म्यानेजमेन्टमा अब हामीले सक्दो म्यानपावरलाई युज गरेर हामीले गरिराछौँ । यी हेभी गाडीहरूलाई र साना गाडीहरूलाई छुट्टाछुट्टै मार्गको प्रयोग गर्नुभएको छ ? पालुङ हुँदै हेभी गाडी अनि भिमफेदी–कुलेखानी हुँदै लाइट गाडीहरूलाई हो ? हजुर, १४ सिटेहरू भिमफेदी–कुलेखानी अनि यो सिस्नेरी हुँदै फर्पिङको बाटो भएर लाइट गाडीहरू जाने भयो । लाइट गाडीहरू आजदेखि १६ गतेबाट लागू हुने गरी २४ आवर नै चलाउने भन्ने कुरा भएको हो । यहाँबाट लाइट गाडीहरू सहजै रूपमा गइराख्या छ । हेभी गाडी मालवाहक गाडीको हकमा पालुङबाट अ यो पृथ्वी राजमार्गबाट आउट गराइराख्या अवस्था छ । अब यो पृथ्वी राजमार्ग पालुङतिर पठाउने क्रममा भिमफेदीबाट आउने गाडीहरूलाई एक छिन त्यो उहाँहरूकै सहजताको लागि हामीले एक छिन होल्ड गर्दै, कन्भे बनाएर, स्कर्ट गरेर हामीले लगिराख्या छौँ । अब बिच बिचमा अलि अलि रोकावट भइनै रहेको छ ।’

बाढीअघि सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौँ यात्रा अहिले सवारीको चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ । यात्रुवाहक सवारीसँगै अत्यावश्यक सेवाका सवारीलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउनु प्रहरीका लागि अर्को चुनौती बनेको छ । ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्रहरीले विशेष व्यवस्थापनसहित प्राथमिकतामा राखेर काठमाडौँसम्म पु¥याउने व्यवस्था मिलाइरहेको छ । विपद्का कारण सडकको अवस्था जटिल बन्दा प्रहरी नेतृत्व केवल निर्देशनमा सीमित छैन समस्या भएको ठाउँमै पुगेर व्यवस्थापनमा जुटेको छ । –न्युज एजेन्सी नेपाल