९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण

बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ ।

विपत्तिमा परी हालसम्म १ हजार १ सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै बेपत्ता छन् । बाढीका कारण हजारौँ परिवार घरबारविहीन भएका छन् ।

नेपालमा परेको यस दुःखद् घडीप्रति अन्तर्राष्ट्रिय समुदायले ऐक्यवद्धता जनाउने क्रममा कतार सरकारले सान्त्वनास्वरूप राहत सामग्री पठाएको हो ।

सामग्रीमा बाढीग्रस्त क्षेत्रका नागरिकका लागि आवश्यक पर्ने राहतजन्य वस्तुहरू रहेका छन् । नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले सो राहत सामग्री नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको छ ।

कतार सरकारले नेपालमा परेको यस विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै मानवीय सहायता उपलब्ध गराएको हो । –न्युज एजेन्सी नेपाल