२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राष्ट्रपति भण्डारी संसदमा, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्दैछिन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।

झण्डै दुई तिहाई नेतृत्वको सरकारको दोस्रो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । चालु आर्थिक वर्षमा मुलुकभित्र रोजगारी बढाउने र कानुन निर्माणको वर्ष बनाउने भनेर सरकारले गत वर्षको नीति तथा कार्यक्रममा जोड दिएको थियो।

सरकारले आर्थिक विकास, रोजगारी सिर्र्जना र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । नीति तथा कार्यक्रम पारितपछि प्रिबजेट छलफल गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्नेछ। अन्नपूर्णबाट ।